बैगुनधुरा , असार १० । झापाको गौरादह नगरपालिका —९ साविक बैगुनधुरामा पशु वीमा कार्यक्रम सञ्चालन गरिएको छ ।

“एक घर एक पशु“ वीमा कार्यक्रमअन्तरगत पशु वीमा गरिएको गौरादह —९ का वडा सदस्य कृष्ण गौतमले बताए । उनले वडाका एक हजार तीन सय घरधुरीका पशुको वीमा गरिने बताए । असार २० गतेसम्ममा वीमा गरिने गरी काम भइरहेको उनले जानकारी दिए । “ कृषि कार्यक्रमको निरन्तरताअन्तरगत यो काम अघि सारिएको हो” उनले भने,“ अहिले गाईको वीमा गरिएको हो,यसले किसानलाई राहत मिल्ने नगरपालिकाको विश्वास छ ।” एउटा गाई बराबर पाँच लाखको वीमा गरिएको उनले जानकारी दिए । काम जारी रहेकाले १३ सय घरधुरीमध्ये कति पशुको वीमा भयो असार १८ गतेसम्ममा स्पष्ट हुने उनको भनाइ छ । टोल विकास समितिका प्रतिनिधिमार्फत काम भइरहेको जनाइएको छ।नगरपालिकाको प्राविधिक सहयोगमा नगरपालिकाले नै वीमा गरिदिएकोले राहत मिलेको गौरादह —९ बैगुनधुरा तल्लो दहगाउँका किसान ध्रुव अधिकारीले बताए । उनले कृषकसँग मात्र ५० रूपैयाँ लिएर एक वर्षको लागि वीमा गरिदिएको बताए । यो कामलाई फराकिलो बनाउन उनले नगरपालिकालाई आग्रह समेत गरे । उनले नगरपालिकाको कामले कृषक हर्षित भएको बताए । भने,“ यो कार्यक्रमलाई निरन्तरता दिन सके कृषकलाई पशुपालनमा प्रेरित गर्न मद्दत पुग्छ।” जीआईसी इन्स्योरेन्स कम्पनीमार्फत गाईको वीमा गरिएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्