झापा , असार १० । झापामा कोरोना संक्रमितको संख्या २०६ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिकाका रहेका छन् । कचनकवलमा संक्रमितको संख्या १२९ पुगेको छ ।हिजो बिर्तामोडका दुईजनामा संक्रमण देखिएसँगै जिल्लाका १५ वटै पालिकामा संक्रमण फैलिसकेको छ । पालिकास्तरीय संक्रमितहरुको विवरण—

कूल संक्रमित २०६ मध्ये १३१ जना निको भएर घर फर्किएका छन् । निको भएर फर्किनेमा कचनकवलका १११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्