मेचीनगर ,असार १० । मेचीनगरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षणको रिपोर्ट अनुसार आज थपिएका संक्रमितहरु मेचीनगर वडा नं. १० र ११ का रहेका छन् ।
बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको हो ।संक्रमित हुनेमा मेचीनगर वडा नं. १० स्थित राधास्वामीको क्वारेन्टाईनका ८ जना पुरुष र मेचीनगर वडा नं. ११ को भानु आधारभूत बिद्यालयको क्वारेन्टाईनका दुई जना पुरुष रहेका छन ।
संक्रमितहरु ७ बर्षका बालकदेखि ६२ बर्ष उमेर समुहका रहेका छन् । आज थपिएका १० जनासहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्