शिवसताक्षी , असार १० । झापाको शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०७७—७८ का लागि १ अर्व १ करोड ७५ लाख ६५ हजार २ सय ७० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

शिवसताक्षी नगरपालिकाको छैटौं नगरसभामा नगर उपप्रमुख भोजकुमारी नेपालले आर्थिक बर्ष २०७७—७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले आर्थिक वर्ष २०७७—०७८ को लागि चालू खर्च, पूँजिगत खर्च र वित्तीय समानीकरणको रकम समेत गरी १ अर्व १ करोड ७५ लाख ६५ हजार २ सय ७० रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
आजदेखि शुरु भएको नगरसभाको प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरे ।कार्यक्रममा पुर्व साँसद तारासम योङया, प्रदेश साँसद झलकवहादुर दर्लामी मगर, हिरा थापा, जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेल, जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्