झापा, असार १३ ।नेपालले कडा प्रतिवाद गरेपछि रोकिएको लालबकैया नदी किनाराको तटबन्ध निर्माण भारतले पुनः शुरु गर्न लागेको छ ।

रौतहटको सीमा दशगजामा तटबन्ध निर्माण गरेपछि १५ जून अर्थात असार १ गते रौतहटका प्रमुख जिल्ला अधिकारीे बासुदेव घिमिरेसहितको टोलीले जल संसाधन विभाग, बिहारका इन्जिनियर रणबीरप्रसादलाई काम रोक्न लगाएको थियो । सीमा पिलर ३४६÷६ देखि पिलर ३४६÷७ बीच दशगजामा भारतले तटबन्ध निर्माण गरेपछि रोक्नु परेको रौतहटको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतले तटबन्धको ८० प्रतिशत काम सम्पन्न गरिसकेको छ । भारत पूर्वी चम्पारणका जिÞल्लाधिकारी कपिल अशोकले ८० प्रतिशत काम भइसकेको बताउँदै बाँकी काम पनि पूरा गर्ने जानकारी दिए । उनले त्यस विवादबारे राज्य और केन्द्र सरकारलाई अवगत गराएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्