झापा, असार १३ । अबिरल बर्षातका कारण कनकाईमाई खोलामा आएको बाढीले झापा गाउँपालिका वडा नं.७ टप्पु टोल र जनता टोलमा रहेको तटबन्धमा क्षति पुर्याएको छ ।

बाढीले करीव २२५० मिटर लामो जनताको तटबन्धमा क्षति पुर्याएको हो । थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी र जनप्रतिनिधिको सहभागितामा मर्मत सम्भार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त तटबन्धमा माईखोलाको बीच भागमा जेसिबी प्रयोग गरी बाढीबाट हुन सक्ने थप क्षतिलाई रोकथाम गर्ने कार्य भईरहेको र अहिलेसम्म मानबीय क्षति नभएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्