झापा, असार १४ । अविरल वर्षासँगै परेको चट्याङले मेचीनगरका तीन घरमा क्षति पुगेको छ ।

हिजो बिहान परेको चट्याङको झड्काका कारण मेचीनगर १२ का घरहरुमा क्षति पुगेको हो । चट्याङले मेचीनगर १२ बस्ने प्रेमप्रसाद भट्टराईको घरमा राखेको मिटरबक्स, घरको वायरिङ ,सोही ठाउँका विष्णुराज लिम्बुको घरको मिटरबक्स,घरको वायरिङ,फ्रिज , फ्यान र खतखती राजवंशीको घरको मिटर बक्स,घरको वायरिङमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बङ्गालको खाडीनजिक रहेका नेपालका भूभागहरूमा बढी चट्याङ पर्ने गरेको चट्याङविज्ञ डा. श्रीराम शर्मा बताउँछन् । “त्यो भनेको झापा—मोरङतिरको क्षेत्र हो। जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ । त्यसपछि चुरेक्षेत्र बढी प्रभावित देखिन्छ ”उनले भने । यद्यपि मृत्यु हुने मानिसको संख्याका हिसाबले चुरेक्षेत्र नै बढी प्रभावित देखिएको छ । डा. शर्माका अनुसार नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ । तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्