झापा, असार १४ । लकडाउन उल्लंघनको आरोपमा भारतको तमिलनाडुमा पक्राउ परेका बाबुछोराको प्रहरी हिरासतमा मृत्यु भएको छ । प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएपछि पुरै राज्यमा आक्रोश छाएको छ ।

५८ वर्षिय केपी जयराज र ३८ वर्षिय उनका छोरा बेनिक्सलाई लकडाउनमा पसल खोलेको आरोपमा पक्राउ गरिएको थियो । तमिलनाडुमा कोरोना भाइरसका कारण अझै लकडाउन रहेको छ । जयराज र बेनिक्सलाई रातभरि प्रहरी हिरासतमा राखिएको थियो । त्यसको दुई दिनपछि दुवैको मृत्यु भएको हो । दुवैको मृत्यु केही घण्टाको अन्तरमा भएको हो ।जयराज र बेनिक्सलाई यातना दिएर मारेको उनीहरुका आफन्तले आरोप लगाएका छन् ।यो भारतकोे पहिलो घटना होइन । लकडाउनका क्रममा भारतको विभिन्न भागमा प्रहरी बर्बरता र यातनाको समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्