झापा, असार १४ । झापामा एक सुत्केरीसहित दुई महिलामा आज कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दुवै महिला हल्दिबारी गाउँपालिकाका हुन् । हल्दिबारी ५ की एक महिनाकी सुत्केरी महिलामा कोरोना देखिएको हो ।उनी भारतबाट घर फर्केकी हुन् । उनको बच्चालाई भने संक्रमण नभएको बताइएको छ । त्यस्तै हल्दिबारी १ की अर्की महिलालाई पनि आजै संक्रमण पुष्टि भएको छ । उनी कुवेतबाट घर फर्केकी हुन् । दुवै जना हल्दिबारी हेल्थपोष्ट क्वारेन्टाइनमा बसेका थिए । संक्रमित दुवैलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्