बिर्तामोड , असार १४ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७५–०७६ को वितरणयोग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७.१०प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रस्तावित बोनश शेयर जारी भई कायम हुने चुक्ता शेयर पुँजी एकासी करोड एघार लाख एक्काईस हजार दुई सय चौविस रुपैयाँको ३० प्रतिशतका दरले चौविस करोड तेत्तिस लाख छत्तिस हजार तीन सय सड्सट्ठी रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
अर्थिक वर्ष २०७५–०७६मा रु १६ करोड ८४ लाख ७७ हजार मुनाफा गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ७ अर्व८४ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ९अर्व २६ करोड गरेको छ । झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ३७ स्थानमा रहेका आफ्ना कार्यालयमार्फत ग्राहकसमक्ष बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । आगामी आर्थिक वर्षमा आफ्नो कार्यक्षेत्र भित्रका झापा, मोरङ र सुनसरी जिल्लामा थप नयाँ शाखाहरु स्थापना गर्ने र निकट भविष्यमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उद्धेश्यका साथ पुँजी वृद्धि गर्ने योजना अघि बढाएको छ ।
सञ्चालक समितिका अध्यक्ष गोयलले उदघाट्न गरेको सभामा स्वागत मन्तव्य सञ्चालक हेमराज ढकालले गरेका थिए । सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बैंकको वर्तमान गतिविधिहरुको वारेमा प्रकाश पारेका थिए भने संस्थापक शेयरधनीहरु गणेशप्रसाद खनाल र सुरेशकुमार अग्रवालले बैंकको उन्नती तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्