भद्रपुर , असार १६ । सरकारद्वारा प्रस्तावित नागरिकता विधेयकको बिरोध गर्दै जनता समाजवादी पार्टीले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला सदरमुकाम चन्द्रगढीस्थित ट्रेड युनियन चौकबाट नारा जुलुससहित जसपाले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाएपछि आयोजित बिरोध सभामा बक्ताहरुले नागरिकता बिधेयकमा राखिएको ७ बर्षे प्राबधान हटाउनु पर्ने, भारत र बृटिस गोर्खा आर्मीका सन्तानहरुले नेपाली नागरिकता पाउनु पर्ने, नागरिकतामा महिला पुरुष भेदभाव गर्न नहुने , तेस्रो लिङ्गीले स्वघोषणा गरी नागरिकता पाउनु पर्ने, क्वारेन्टाइनको राम्रो ब्यवस्था हुनुपर्ने , किसानहरूले सहज रुपमा मलखाद पाउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने लगायतका माग गरेका थिए । कार्यक्रममा राजपा केन्द्रीय उपाध्यक्ष बिश्वनाथ सिंह राजवंशी,समाजवादीका केन्द्रीय सदस्य भक्त खेवाङ लिम्बू , राजपा केन्द्रीय सदस्य त्रिनारायण राजवंशी ,समाजवादी पार्टीका १ न प्रदेश अध्यक्ष प्रविन चाम्लिङ राईलगायतले बोलेका थिए । राजपा जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी र सपा जिल्ला अध्यक्ष देपेनवाला राईले संयुक्त रूपमा अध्यक्षता गरेको कार्यक्रमको संचालन राजपा जिल्ला सचिब देवेन्द्र किशोर ढुंगाना गरेका थिए । बिरोध सभामा जिल्लाभरिका विभिन्न तहमा रहेका अगुवा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्