बिर्तामोड, असार १६ । रोटरी क्लबहरुमा नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोड , भद्रपुर र दमकमा रहेका रोटरी क्लबहरुको नेतृत्व परिवर्तन भएको हो ।

निर्मल भट्टराई

यसक्रममा रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल भट्टराई चयन भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघका निर्वतमान केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराई क्लवको सन् २०२०—०२१ का लागि प्रेसिडेन्टमा चयन भएका हुन् । क्लवको पाष्ट प्रेसिडेन्ट निकिता गिरी, प्रेसिडेन्ट इलेक्टमा नवीन गट्टानी, प्रेसिडेन्ट नोमिनीमा ओमकृष्ण विमली, भाइस पे्रसिडेन्टमा बबिता गिरी, सेक्रेटरीमा सञ्जीव घिमिरे र टे«जरमा आमोद आचार्य चयन भएका छन् । क्लवको डाइरेक्टर एड्मिनिष्ट्रेसनमा मीनप्रकाश मैनाली, डाइरेक्टर मेम्बरसिपमा सुरेश वंशल, डाइरेक्टर सर्भिस प्रोजेक्टमा विनोद वस्नेत, डाइरेक्टर रोटरी फाउण्डेसनमा राजकुमार पोखरेल, डाइरेक्टर पव्लिक रिलेसनमा प्रकाश शिवाकोटी र डाइरेक्टर युथ सर्भिसमा केदार गिरी चयन भएका छन् ।
सर्जेन्ट अफ आम्समा सुरेशकुमार अग्रवाल भद्रपुरे, क्लब मेम्वरमा जितेन्द्र बस्नेत, क्लब टे«नरमा कुमार गिरी, टिच को—अर्डिनेटरमा शारदा थपलिया र मिडिया पार्टनरमा सुरेन्द्र भण्डारी चयन भएका छन् ।

आदित्य पराजुली

त्यस्तै रोटरी क्लव अफ भद्रपुरको प्रेसिडेन्टमा आदित्य पराजुली चयन भएका छन् । रोटरीको अन्तर्राष्टिय क्यालेन्डर अनुसार जुलाइ १ तारेखबाट सन २०२०—२१ को लागि पराजुली अध्यक्षमा चयन भएका हुन् । यसैगरी, अन्य पदाधिकारीहरुमा टिकाराज ढकाल इमिडेट पास्ट प्रेसिडेन्ट, विगत ओझा प्रेसिडेन्ट इलेक्ट, सन्तोष पोखरेल प्रेसिडेन्ट नोमिनि, इश्वर अधिकारी सेक्रेटरी, पवन श्रेष्ठ कोषाध्यक्ष पदको जिम्मेवारीमा रहेका छन् भने डाइरेक्टर क्लव एड्मिनिष्ट्रेशनमा लोकबन्धु ढुंगाना, डाइरेक्टर मेम्बरसीपमा राजकुमार पोखरेल, पब्लिक रिलेशन डाइरेक्टरमा प्रदीप सरावगीको भूमिका रहनेछ ।
यसैगरी, रोटरी फाउण्डेशन चेयरमा विनोद चापागाईं, सर्भिस प्रोजेक्ट चेयरमा किशोर पराजुली र सरजेन्ट एण्ड आम्सको भूमिकामा दिपेश ढकाल रहने बताइएको छ ।

त्यस्तै रोटरी क्लव अफ दमकको वर्ष २०१९—०२० को आजदेखि एकबर्षे कार्यकाल सकिएको छ । त्यससंगै रोटरीले वर्ष २०२० —०२१ को लागि पहिलोपटक महिला नेतृत्वले जिम्मेवारी सम्हाल्ने भएकी छन् । नेतृत्वका लागि भोलिदेखि औपचारिक रुपमा शान्ता नेपाल ढकालले पदीय जिम्मेवारी वहन गर्ने भएकी हुन् ।
रोटरीको दमकस्थित आफ्नो नयाँ कार्यालयमा आज आयोजित कार्यक्रममा क्लवका वर्ष २०१९—२०२० का अध्यक्ष सन्दिप (दिपु ) चापागाईले आफ्नो कार्यकालमा यस क्षेत्रको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा आफनो टिमले सकेसम्म योगदान पुर्याएको बताए ।
एकबर्षे कार्यकालमा भएका उपलव्धिहरुलाई समिक्षात्मक चर्चा गर्दे उनले यसक्रममा सामाजिक कार्यअन्तर्गत पुस्तकालय, बिपन्न बालिकाको शिक्षा, अनाथ, तथा असहायहरुलाई सहयोग पुर्याएको जानकारी दिए ।
यसैगरी लकडाउनका समय उत्पन्न असहज परिस्थितिका कारण विपन्न परिवारमा परेको खाद्यान्न संकटलाई न्यूनीकरण गर्न राहत बितरण गरिएको उनले बताए । एक बर्षको अवधिमा विभिन्न गतिविधिहरुमा मात्र रोटरी दमकले १६ लाख ९० हजार खर्चिएको अध्यक्ष चापागाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्