एजेन्सी । ईरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिष्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बिष्फोट सीना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार घटनामा १३ जनाको ज्यान गएको हो । केही घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।ईरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाए अनुसार सो बिष्फोट ग्यास लिक भएर भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्