बिर्तामोड, असार १७ । झापामा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा १० महिला र १० पुरुष रहेका छन् । संक्रमित हुनेहरु मेचीनगरका ७ , बुद्धशान्तिका ५ , गौरादहका ७ र गौरीगञ्जका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । योसंगै झापाका कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । यसैबीच आज झापाका १८ जना संक्रमित निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्