झापा , असार १८ । भारतको बिहारमा चट्याङले लागेर फेरि २६ जनाको मृत्यु भएको छ ।

केही दिनअघि १०० भन्दा बढीको ज्यान गएको थियो । आज साँझ ७ बजेसम्मको तथ्याँक अनुसार चट्याङ लागेर सबैभन्दा बढी असर समस्तीपुर जिल्लामा भएको हो । त्यहाँ ७ जनाको ज्यान गएको छ । यसैबीच मुख्यमन्त्री नितिश कुमारले मृतक परिवारलाई ४—४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्