एजेन्सी । हिन्दी फिल्म क्षेत्रकी मशहूर कोरियोग्राफर सरोज खानको निधन भएको छ ।

उनी ७१ वर्षकी थिइन् । सरोज खान केही वर्षदेखि अस्वस्थ्य थिइन् । २० जूनमा स्वास फेर्न समस्या भएपछि उनलाई मुम्बईको बान्द्रास्थित गुरू नानक अस्पतालमा भर्ना गरिएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार त्यही हस्पिटलमा गएराति उनको निधन भएको हो । सरोज खानको अन्त्येष्टि मुम्बईको मलाड क्षेत्रमा रहोको मालवाणी कब्रस्तानमा हुने जनाइएको छ । केही दिनअघि उनलाई कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो । तर, त्यसको रिपोर्ट निगेटिभ आएको थियो । देवदास फिल्मको गीत ( डोला रे डोला ) का लागि सरोज खानलाई नेशनल अवार्ड मिलेको थियो । सरोज खानको मूल्यांकन भारतको फिल्म इन्डस्ट्रीमा दिग्गज नृत्य निर्देशकको रुपमा हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्