झापा ,असार १९ । भारतसँग सीमा जोडिएको झापाको मेचीनगरमा कोरोना संक्रमितको संख्या तिब्ररुपमा बढ्दै गएको छ । त्यहाँ आज एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।

भारतबाट घर फर्किएर राधास्वामी क्वारेन्टाइनमा बसेका पुरुषहरुलाई संक्रमण पुष्टि भएको हो । उनीहरु ३,५,९, १०, १२, १४ र १५ नं वडाको भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । आज १४ जना थपिएसँगै मेचीनगरमा कोरोना संक्रमितको सँख्या ४१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्