झापा, असार १९ । झापामा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये १४ जना मेचीनगरका रहेका छन् ।

भारतबाट घर फर्किएर राधास्वामी क्वारेन्टाइनमा बसेका मेचीनगरका पुरुषहरुलाई संक्रमण पुष्टि भएको हो । उनीहरु ३,५,९, १०, १२, १४ र १५ नं वडाको भएको जनाइएको छ ।आज १४ जना थपिएसँगै मेचीनगरमा कोरोना संक्रमितको सँख्या ४१ पुगेको छ । त्यस्तै अर्जुनधाराका ८ , कनकाईका २ , हल्दिबारीका ३ र बिर्तामोडका एकजनामा पनि आजै संक्रमण पुष्टि भएको छ । मेचीनगरबाहेकका १४ जनामध्ये ४ महिला र १० पुरुष छन् । बिर्तामोड ३ स्थित मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बसेकी महिलामा कोरोना पुष्टि भएको हो । उनी विदेशबाट आएको खुलेपनि उनको ठेगाना र फर्केको देशबारे बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले खुलाएनन् । यसअघि बिर्तामोडका दुईजनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अर्जुनधाराका २ जना महिलासहित ८ जनामा आज संक्रमण पुष्टि भएको हो । उनीहरूसँगै ३२ जनाको स्वाब संकलन गरिएको थियो ।यसअघि पहिलोपल्ट २ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् । पछिल्लोपटक २ वर्षीया बालिकासहित उनकी आमा र एक जना पुरुषमा कोरोना संक्रमण भएको थियो । उनीहरुको उपचार भइरहेको छ । त्यस्तै कनकाई नगरपालिका वडा नं २ का पुरुष र वडा नं ३ का महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । उनीहरु विदेशबाट आएर चम्पापुर क्वारेन्टाइनमा बसेका थिए । आज २८ जना थपएिसँगै जिल्लामा संक्रमितको सँख्या २७८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्