झापा, असार २० । झापामा दुई ब्यक्ति मृत अबस्थामा फेला परेका छन् ।

कमल गाउँपालिका ६ रत्नपुर टोलमा रहेको कुखुरा फार्म नजिक मोरङ कानेपोखरी घर भई बिगत ४—५ बर्षदेखि बस्दै आएका अन्दाजी ५५ वर्षिय भिमबहादुर राई गएराति मृत अवस्थामा फेला परेका हुन् ।त्यस्तै बिर्तामोड नगरपालिका ३ बिर्ताबजार घर भई हाल अर्जुनधारा १ साधुटारमा डेरा गरी बस्ने ३० वर्षिय छत्र राजवंशी पनि मृत फेला परेका छन् । बेलुका घर ढलानको काम सकेर कोठामा आई सुतेकोमा भोलिपल्ट बिहान उनी मृत अवस्थामा फेला परेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । दुवैको लाश पोष्टमार्टमको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्