झापा, असार २१ । झापाको चारआलीमा धारिलो हतियार प्रहारबाट एक ब्यक्तिको हत्या भएको छ ।

हत्या गरेर फालिएको अबस्थामा पूर्व पश्चिम राजमार्गदेखि उत्तरपट्टि र पाउ पाथीभरा मन्दिर अगाडि शव फेला परेको हो ।मृतकको बारेमा थाहा हुनसकेको छैन । शव फेला परेको स्थानलाई प्रहरीले सिल गरेको प्रत्यक्षदर्शी रामेश्वर मण्डलले बताए । घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थलतर्फ टोली खटाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्