बिर्तामोड, असार २१ । गुरु पूर्णिमाको अवसर पारेर राधा माधव समिति नेपाल र डिभाइन युथ क्लव नेपाल बिर्तामोड शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

झापामा भइरहेको रगतको अभाव टार्न संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको राधा माधव समिति नेपाल बिर्तामोड शाखाकी अध्यक्ष अर्चना थापाले बताइन् ।नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा राधा माधव समिति नेपाल बिर्तामोड शाखा परिसरमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेको राधा माधव समिति नेपाल बिर्तामोड शाखाकी सदस्य दुर्गा ढकालले जानकारी दिइन् ।
कार्यक्रममा पञ्चममूल जगतगुरु श्रीकृपालुजी महाराजको पूजाअर्चनासहितको साधना गरिएको राधा माधव समिति नेपाल बिर्तामोड शाखाका सदस्य चन्द्रकान्त ढकालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्