दमक , असार २४ । दमकसंगै जोडिएको झापाको कमल गाउँपालिका ५ स्थित लभडाँडामा बाल उद्यानसहितको सुविधासम्पन्न रिसोर्ट धमाधम निर्माण भईरहेको छ ।

दमकका व्यवसायी रुद्र कार्कीले साढे दुई विगाहा क्षेत्रफलमा रिभरभ्यू हेरिटेज रिसोर्ट निर्माण कार्य तीव्र बनाएका हुन् ।दुई वर्षदेखि निर्माण शुरु गरिएको रिसोर्टका आधा बढी काम भईसकेको र आउँदो दशैको अवसर पारेर सञ्चालन आउने सञ्चालक कार्कीले बताएका छन् । रिसोर्टमा बाल उद्यानसहित स्वीमिङ पुल, रेष्टुरेन्टसहितका संरचनाहरु निर्माण हुने सञ्चालक कार्कील बताए । रिसोर्ट निर्माण सम्पन्न गर्न करिव ५० करोडको योजना भएपनि सञ्चालनको प्रकृया सम्ममा भने २० करोड लगानी पुग्ने जनाईएको छ ।पूर्व पश्चिम राजमार्गको दमकको रतुवा पुलपूर्व लभडाँडामा रिसोर्ट निर्माण भएपछि त्यस क्षेत्रको नै आन्तरिक पर्यटन , प्रवद्र्धनमा सघाउँ पुग्ने उनले बताए । उनका अनुसार अहिले निर्माणस्थलमा आन्तरिक संरचना निर्माण कार्य धमाधम भईरहेको छ । पार्किङसहितको सुविधासम्पन्न रिसोर्टमा बालबालिकाहरुका लागि आवश्यक संरचनासंगै मनोरञ्जन गर्न वोटल हाउसको नौलो विशेषता भएको रेष्टुरेन्ट समेत उपलव्ध हुने उनले जनाएका छन् । दृश्यावलोकनसहित एकै ठाँउमा नै मनोरञ्जन दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको भन्दै उनले भने, –‘दमक आसपास यस्तो स्थल नभएकाले पनि सर्वसाधारणलाई लक्षित गरी सेवा पुर्याउन रिसोर्ट आर्कषकस्थल वन्ने छ ।’सामाजिक काममा समेत उतिकै क्रियाशील कार्की यस रिसोर्ट तयार भएपछि अब कसैलाई घुम्न तथा रमाइलो गर्न टाढा जानु नपर्ने बताउँछन् ।उनी भन्छन्, –‘रिसोर्टमा आउने ग्राहकले सवारी साधन पार्किङको शुल्क तिर्नु नपर्ने तथा अन्य सेवा पनि गुणस्तरसंगै अत्यन्त सरल हुने छ । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्