झापा, असार २५ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्यानल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् ।

भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै विदेशी च्यानल बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्याक्ष ध्रुव शर्माले जानकारी दिए । शर्माले विदेशी न्युज च्यानल चाहेको समयमा बन्द गर्न सक्ने सन्देश दिन यो निर्णय गरेको बताए । उनले यसरी च्यानल बन्द गर्दा २५–३० लाख दर्शकले टेलिभिजन नदेख्ने तर डिजिटल एपको विषयमा सरकारले नै निर्णय गर्नुपर्ने उल्लेख गरे । ‘यो काम हामीले सरकारको निर्देशनमा गरेका होइनौँ । हामी नेपालमा भएका अपरेटर लाइसेन्स लिएर काम गरेका छौँ । यो चाहेको अवस्थामा बन्द हुन सक्छ भन्ने सन्देश पनि हो’, उपाध्यक्ष शर्माले भने, ‘हामीले २५–३० लाख टेलिभिजनका दर्शकले हेर्ने च्यानल बन्द गर्न सक्यौँ । अब करोडौंको हातमा मोबाइल एपबाट आएका गलत सूचना रोक्ने जिम्मा सरकारको हो।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्