बिर्तामोड , असार २६ । लायन्स क्लब अफ बिर्तामोड सिटीले शुक्रबार बिर्तामोडमा एक हजार थान सर्जिकल मास्क वितरण गरेको छ ।

बिहान ८ बजेदेखि ९ बजेसम्म बिर्तामोडको अदुवा खोला आसपासमा आयोजना गरिएको कार्यक्रममा बिर्तामोड आउजाउ गर्ने मानिसलाई मास्क प्रदान गरिएको थियो । मनोजकुमार साहको संयोजकत्वमा भएको कार्यक्रममा पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरिएको थियो ।
नेपाल सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेपछि लायन्सले जनचेतना जगाउन र मास्क प्रयोगका बारे सचेतना कार्यक्रम गरेको अध्यक्ष घनश्याम चौधरीले बताए । लायन्सले यसअघि पनि कोरोनाबाट जोगिन विभिन्न सचेतना कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, रिजन चियर पर्सन ओमकृष्ण बिमलीले लायन्सले गरेको चेतनामुलक कार्यक्रमको प्रशंसा गरेका थिए । उनीहरुले यस्ता कार्यक्रम अरु संघसंस्थाले पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा सदस्य प्रेमकुमार खरेल, यमुना आचार्य, लायन्सका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा, चार्टर प्रेसिडेन्ट निरज ओलीलगायत क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव उपेन्द्र बानियाँले गरेका थिए ।
त्यस्तै महिला चेम्बर अफ कमर्स झापाले सडकमा हिँड्ने यात्रुलाई निःशुल्क मास्क वितरण गरेको छ । सचेतना जगाउने उद्देश्यले माक्स नलगाई सडकमा हिँड्ने सबैलाई माक्स वितरण गरिएको महिला चेम्बर अफ कमर्स झापा अध्यक्ष प्रेमा भट्टराईले बताइन् ।
बिर्तामोड नगरपालिका वडा–५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजाल लगायतले मन्तव्य राख्दै स्वास्थ्यसँग जोडिएको विषयमा सबैले सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रमको औचित्यमाथि आयोजक संस्थाका अध्यक्ष भट्टराईले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव शर्मिला शाक्यले गरेकी थिइन् । महिला चेम्बर अफ कमर्शको आयोजनामा चेम्बर अफ कमर्स, इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मास्क नलगाई हिँड्ने ८०० बढी यात्रुलाई संयुक्त रुपमा मास्क वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्