झापा, असार २७ । नेपालमा पहिरोमा परी एक दर्जनभन्दा बढीले ज्यान गुमाएको घटनाप्रति पाकिस्तानले दुख ब्यक्त गर्दा भारतलाई असह्य भएको छ ।

पाकिस्तान नेपालसँग नजिकिन खोजेको भन्दै भारतले आपत्ति जनाएको हो । नेपाल र भारतबीच तनाव जारी रहँदा पाकिस्तान नेपालसँग नजिक हुन खोजेको भारतीय बीबीसी हिन्दीले नकारात्मक समाचारमा लेखेको छ । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले एक ट्वीट गरेका छन् । यद्यपि उनकोे ट्वीटमा भारत—नेपाल तनावलाई लिएर केही पनि उल्लेख छैन । उनले नेपालमा आएको बाढी र पहिरोलाई लिएर ट्वीट गरेका हुन् ।

कुरैशीले आफ्नो ट्वीटमा भनेका छन् ‘बाढी र पहिरोबाट उत्पन्न संकटलाई लिएर हामी नेपालका नागरिकप्रति समवेदना जनाउँछौ । हामी नेपालका जनताको साथमा छौं । जुन परिवार प्रभावित छन् उनीहरुका लागि प्रार्थना गर्छौ ।’ कुरैशीको त्यस ट्वीटलाई केही नेपाली ट्विटर यूजरले स्वागत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्