झापा , असार २७ ।लगातार परिरहेको वर्षाका कारण पूर्वी जिल्ला झापामा पनि क्षति पुगेको छ ।

कन्काई नदीमा आएको बाढीका कारण शिवसताक्षी नगरपालिका वडा नं १० सुकुम्बासी बस्तीका ५ घर विस्थापित भएका छन् । विस्थापित हुनेहरुमा प्रेम उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव, लालबहादुर ऋषिदेवलगायतको परिवार रहेका छन् ।बाढीले भत्काउन लागेपछि सशस्त्र प्रहरीको टोलीले घर भत्काएर सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताए । यस अघि पनि सोहि ठाउँमा कनकाई नदीले ३ परिवारको उठिबास गरेको थियो । त्यस्तै मेचीनगरको निन्दा खोेलामा आएको बाढीले मलामी घर बगाएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्