झापा , असार २७ । कनकाई नदीको बाढीका कारण विस्थापित चार परिवारलाई राहत वितरण गरिएको छ ।

बाढीका कारण विस्थापित शिवसताक्षी १० का बाढीपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले राहत वितरण गरेको हो । प्रभावित परिवारलाई छानाका लागि १ र वेराका लागि १ गरी तत्काललाई २÷२ थान त्रिपाल वितरण गरिएको हो । कन्काईको बाढीबाट प्रेमप्रसाद उप्रेती, तारा लिम्वु, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार विस्थापित बनेका हुन् । बाढीले भत्काउन लागेपछि सशस्त्र प्रहरीको टोलीले घर भत्काएर सुरक्षित स्थानमा सारेको थियो । यस अघि सोही ठाउँमा ५ परिवार विस्थापित भएका थिए । प्रतिपरिवार त्रिपाल २, कम्बल २, मेट्रेक्स २, बाल्टिन १ र डोरी वितरण गरिएको थियो । थप १५ घर उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका मन्त्री चन्द्र चुँडालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्