झापा , असार २७ । झापामा कोरोना संक्रमितको सँख्या ३०० पुगेको छ ।

भद्रपुर नगरपालिकाका थप दुईजनामा संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या ३०० पुगेको हो । भारतबाट फर्किएर कलवलगुडी क्वारेन्टाइनमा बसेका भद्रपुर १० का ३० र ३२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमा हिजो राति संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । आज जिल्लाका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्