भद्रपुर, असार २७ । सती प्रथा उन्मुलनको सय वर्षको अवसर पारेर झापाको चन्द्रगढीमा दीप प्रज्वलन गरिएको छ ।

मानव अधिकारका लागि महिला एकल महिला झापाको अगुवाइमा चन्द्रगढीस्थित लेखनाथ चौकमा दीप प्रज्वलन गरिएको हो । एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, भद्रपुर नगर कार्यपालिका सदस्य मित्रा भट्टराईलगायतले शुभकामना मन्तव्य राख्दै सय वर्षअघि चन्द्र शमशेरले महिलाको बाँच्न पाउने अधिकारको सम्मान गर्दै सती प्रथा अन्त्य गराएको भएपनि विभिन्न बहानामा महिला हिंसा र हत्या रोकिन नसकेको भन्दै नारी अधिकार रक्षाका लागि सचेत हुनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्