झापा , असार २९ । झापामा आज चारजना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुने पुरुषहरु सबै भारतबाट फर्केका हुन् ।गौरीगञ्ज गाउँपालिकाका ३ र दमक नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गौरीगञ्ज वडा नं ६ का दुई र वडा नं ५ का एकजनामा संक्रमण देखिएको र उनीहरु भारतबाट फर्केर हेल्थपोष्ट क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै दमक नगरपालिका वडा नं ८ का एक पुरुषमा पनि आजै कोरोना पुष्टि भएको छ । उनी पनि भारतबाटै फर्केका हुन् । आज थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ३०५ पुगेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्