झापा , साउन १ । झापामा ३ महिलासहित चारजना कोरोना संक्रमित आज थपिएका छन् ।

थपिनेमध्ये भद्रपुर नगरपालिका वडा नं १० का दुई महिला रहेका छन् । ती महिलाहरु कुवेतबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै मेचीनगर नगरपालिका वडा नं ४ का एक महिलामा पनि कारेना संक्रमण पुष्टि भएको छ । उनी भारतबाट फर्केकी हुन् । योसँगै झापामा कोरोना संक्रमित महिलाको सँख्या ४३ पुगेको छ । त्यसैगरी आजै कन्काई नगरपालिका वडा नं ७ का पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनी कतारबाट फर्केर स्थानीय क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । आज ४ जना थपिएसँगै झापामा कोरोना संक्रमितको सँख्या ३१० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्