दमक, साउन १ । दुई साताअघि रतुवा खोलाले बगाएर ज्यान गुमाएका झापा, कमल गाउँपालिका ५ पुष्पराज राईको परिवारलाई राहत प्रदान गरिएको छ ।

आज पीडितको घरमा पुगेर वडाध्यक्ष डम्बरवहादुर निरौलासहितको रेडक्रसको एक टोलीले भाडावर्तन,त्रिपालसहितको राहत सामग्री प्रदान गरेको हो । नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखामार्फत टोलीले पीडितकी श्रीमती संगीता श्रेष्ठ राईलाई ती राहत सेट प्रदान गेरको सचिव पारषमणि राईले बताए ।राहत हस्तान्तरणमा रेडक्रस सभापति चन्द्र शाह, रेडक्रसका सल्लाहकार टिकाराज सापकोटा, कोषाध्यक्ष प्रमोदकुमार दहाल, नेरेसो लखनपुर वडा नम्बर ५ का फोकल पर्सन लालबहादुर बिष्ट, आजीवन सदस्य दिनेश दहाल तथा सामाजिक अभियन्ता रबिन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।गत असार २० गते टुक्रे निवासी २८ बर्षिय राईलाई घर नजिकैको रतुवा खोलामा बाढी आएका बखत दाउरा खोज्न जाँदा खोलाले बगाएर मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्