बिर्तामोड (प्रस) सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लकडाउनका कारण ७ करोड ५३ लाख घाटामा गएको छ । आर्थिक वर्ष ०७५÷७६ मा ४ अर्व १२ करोड नाफा गरेकोमा ०७६÷७६ मा भने कोरोनाका कारण घाटा व्यहोर्नु परेको जनाइएको छ । ‘धुलो दूध र मख्खनको अत्याधिक मौज्दात भएबाट करिव १ अर्व रुपैयाँ क्यापिटल ब्लक अवस्थामा रहेकोले यसबाट कृषक भुक्तानी दिन समेत समस्या भएको’, संस्थानको ५२ औं वार्षिक उत्सवको अवसरमा बोल्दै डिडिसीका प्रवन्ध निर्देशक रुद्र प्रसाद पौडेलले भने । लकडाउनका क्रममा घटेको दुग्ध पदार्थको वृद्धि बिहिबारदेखि भने सुधारको गतिमा गएको बताए ।

गत चैतदेखि २०७७ जेठ सम्म अवधिमा कच्चा दूधको संकलन भने अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको तर दूधको बजार करिव २० प्रतिशत तथा दुग्ध पदार्थको हकमा करिव ४० प्रतिशतले घटेको छ । दुध खरिद वापत अघिल्लो आवमा २ अर्व ५१ करोड किसानलाई भुक्तानी भएकोमा आव ०७६÷७७ मा २ अर्व ९६ करोड भुक्तानी भएको डिडिसीको तथ्यांक छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हलमा मनाइएको वार्षिक उत्सव कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालले किसानलाई बढी बचत हुने गरि, उपभोक्तालाई सस्तोमा राम्रो उपभोग गर्न पाउने गरि वितरण गर्ने गरि संस्थाने क्षमता अभिवृद्धि गर्न निर्देशन दिए । मन्त्रालयले अवलम्बन गरेको संरक्षित कृषि सुनिश्चित बचतको सिद्धान्त अनुरुप किसानको लाभलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

गत जेठ मसान्तमा ८५० मेट्रिन टन र मख्खन ६०० मेटन उत्पादन गरेको र लकडाउन अवधीमा ३७ लाख लिटर दूध स्टक रहेर व्यवरभार बढेको जनाइएको छ । वार्षिक उत्सवको अवसरमा बिहीबार नै डिडिसीले आफ्नो नयाँ उत्पादन गाईको घ्यु सार्वजनिक गरेको छ । प्रतिकिलो एक हजार मूल्य तोकिएको घ्यु आधार लिटरको बट्टामा प्याकिङ गरिएको छ । संस्थानको क्षमता अभिवृद्धि गर्न संघ तथा प्रदेश सरकारहरुले इतिहासमै सबैभन्दा धेरै सहयोग गरेको डिडिसी संचालक समितिका अध्यक्ष बसन्त गिरिले बताए । डिडिसीलाई प्रदेश नं ५ सरकारबाट ५० प्रतिशत अनुदानमा ९००० लि क्षमताको रोड मिल्क ट्याङ्कर, प्रदेश नं १ सरकारबाट विराटनगर दुग्ध वितरण आयोजनाको स्तरोन्नती गर्न ५ करोड अनुदान लगाएत उपलब्ध छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्