बिर्तामोड, साउन २ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सैनिक बजार शाखाका प्रमुखलाई विदाइ गरिएको छ ।

बिर्तामोड नगरपालिका–१०स्थित सैनिक बजार शाखा कार्यालयबाट स्थानान्तरण भई जाने कार्यालय प्रमुख सुमन पोखरेललाई विदाई गरिएको हो ।पोखरेल संस्थाको चन्द्रगढी शाखा कार्यालय स्थानान्तरण भएका हुन् । सोही कार्यक्रममा नयाँ कार्यालय प्रमुख नियुक्त भई आउने विशाल ढुंगानालाई स्वागत गरिएको छ । ढुंगाना यसअघि केन्द्रीय कार्यालय काँकरभिट्टामा कार्यरत थिए । सामान्यतः संस्थाको नियमअनुसार हरेक दुई वर्षको अवधिमा कर्मचारी स्थानान्तरण गर्ने नीति रहेको बताइएको छ ।
सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु सुनुवार मुखियाको अध्यक्षतामा भएको कार्यक्रममा उपसमिति सदस्य गंगाप्रसाद मैनालीले स्वागत गरेका थिए । १ नम्वर एकाई समिति संयोजक रत्नबहादुर बस्नेत, कर्मचारी पवन मैनालीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा कार्यालयगत उपसमिति सदस्य टिकाप्रसाद दंगाल, २ नम्बर एकाई समिति संयोजक कमल खतिवडालगायतको आतिथ्य रहेको थियो ।कार्यक्रमको सञ्चालन कर्मचारी पूजा थापाले गरेको बजार प्रतिनिधि चन्द्रबहादुर राईले जानकारी दिए ।
नेपालको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भइसकेको एनएमसीको हाल जिल्लाको १५वटै पालिकामा ३८ वटा शाखा कार्यालय रहेका छन् । कूल दुई अर्ब शेयर पूँजी तथा ९० हजारभन्दा बढी सेयर सदस्य रहेको संस्थाले डेरी उद्योग, सहकारी पसल, नमूना कृषि फर्म र बैकिङ व्यवसाय सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्