प्यूठान , साउन ४ । ट्याक्टर दुर्घटना हुँदा प्यूठानमा सात जनाको मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर ३ स्थित रुमालेमा दुर्घटना भएको हो।दुर्घटनामा मृत्यु हुने सबै रोल्पाका भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। उनका अनुसार ६ जना रुन्टीगढी गाउँपालिका र १ जना त्रिवेणी गाउँपालिकाका हुन्।मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र वाठा मगर, १९ वर्षीय थमन वाठा मगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेका छन्। त्यस्तै ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनास्थल स्वर्गद्धारीको रुमालेमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको छ। घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना स्थानीयबासीले उद्दार गरेका छन्। मृत्यु हुनेहरु पक्की हुँदै गरेको भिंगृ स्वर्गद्धारी सडक निर्माणमा आवद्ध मजदुरहरु भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्