झापा ,साउन ५ । झापाका दुईजना फरार अभियुक्त पक्राउ परी जेल चलान भएका छन् ।

शिवाकोटी

पक्राउ परी जेल जानेमा एकजना बहुविवाह मुद्दा र अर्का सरकारी छाप दस्तखत किर्ते मुद्दाका अभियुक्त हुन् । बहुविवाह गरेको अभियोगमा अदालतले सजाय तोकेपनि साविक शरणामती गाविस ५ बस्ने बर्ष ३४ का कुमार शिवाकोटी भन्ने रुपनारायण शिवाकोटी ७ वर्षदेखि फरार थिए । कृष्णमाया रिजालले दिएको जाहेरीले वहुविवाह मुद्दामा झापा जिल्ला अदालतले २०७० चैत ०९ गते एक बर्ष ६ महिना कैद र पन्ध्र हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर, शिवाकोटी फरार रहेका थिए । खोजतलाशको क्रममा बिशेष सूचनाको आधारमा हिजो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई झापा गाँउपालिका ६ बाट पक्राउ गरी अदालतमा पेश गर्दा ठेकिएको कैद भुक्तानको लागि झापा कारागार पठाईएको हो ।

बस्नेत

त्यस्तै सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार बिर्तामोड नगरपालिका वडा नं १ हनुमाननगर टोल बस्ने बर्ष २५ का सुशिल बस्नेत पक्राउ परी जेल चलान भएका छन् । प्रहरी जवान गोपाल खनालले सरकारी छाप दस्तखत किर्ते गरेको भनी उनीमाथि जाहेरी दिएका थिए । सरकारी छाप दस्तखत किर्ते मुद्दामा झापा जिल्ला अदालतले २०७५बैशाख ३ गते बस्नेतलाई एक बर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकेको थियो । हालसम्म फरार रहेका उनलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिर्तामोड नगरपालिका १ बाट पक्राउ गरेको थियो । उनलाई अदालतमा पेश गर्दा ठेकिएको कैद भुक्तानको लागि झापा कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जनाएका छन् ।बस्नेतको सवारी चालक अनुमतिपत्र ‘ई’ वर्गको रहेकोमा उनले ‘ए’ र ‘बी’ वर्ग थपी किर्ते गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्