बिर्तामोड (प्रस) बिर्तामोडमा आन्दोलनका क्रममा गोली लागेर घाइते भएका मणि नेपालीको श्रीमतिलाई जोडेर सिधा कुरा जनतासँगले आफुमाथि भ्रमपूर्ण आरोप लगाएको बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंले बताएकी छन् ।
आफूमाथि गम्भीर आरोप लगाएको भन्दै उपमेयर प्रसाईंले अब कानुनी बाटो रोज्ने बताएकी छन् । उनले मणि नेपालीको श्रीमतिलाई चोरीको आरोप लगाएर घरमा कामबाट निकालेको सिधा कुराको कार्यक्रममा प्रस्तुत गरिएको थियो । उनले टिभी कार्यक्रममा देखाएको जस्तो कामबाट ननिकालेको उपमेयरले स्पष्ट पारिन् ।


उनको घरबाट औठी हराएपछि पछि नेपालीको श्रीमतिले नै आफुलाई घरमा ल्याएर औंठी दिएको र अहिलेसम्म सम्पर्कमा समेत नआएको जानकारी दिइन् । उपमेयर प्रसाईले भनिन्, ‘मैले चोरीको आरोप पनि लगाएको छैन, कामबाट निकालेको पनि होइन । तर, मलाई रवि लामिछानेको समूहले गलत आक्षेप लगायो, म त्यसका विरुद्ध अदालत जान्छु ।’ सिधा कुरा जनतासँगको कार्यक्रममा प्रस्तुत भएको घटना विश्वास योग्य नरहेको उनको भनाई छ । सो कार्यक्रममा प्रसारण भएको भ्रमपूर्ण तथ्यलाई सोहि कार्यक्रमबाट स्पष्ट पार्न समेत नदिएको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्