झापा, साउन ७ । बिरीङ खोलामा आएको बाढीले बाह्रदशी गाउँपालिका ७ का पाँच घर विस्थापित बनेका छन् ।

खोलामा आएको बाढी

गएराति बिरीङको बाढी बस्तीमा पसेपछि डाँगीबारी तुलसीबारीका पाँच घर विस्थापित भएका हुन् । विस्थापित हुनेहरुमा षडानन्द गौतम, गोपाल गौतम, परदेशी चौधरी, सकालु चौधरी र मंलु चौधरीको परिवार रहेका छन् । खोलाको पानी ओभरफ्लो भएर बस्तीमा छिरेपछि राति नै उनीहरुलाई प्रहरीको सहयोगमा उद्धार गरिएको बाह्रदशी गाउँपालिका ७ का वडाध्यक्ष मित्र भट्टराईले बताए । विस्थापितहरुलाई छिमेकीकोमा लगेर राखिएको छ । खोलाले डुबानसँगै कटान पनि शुरु गरेको वडाध्यक्ष भट्टराईले जानकारी दिए । भारी वर्षासँगै बिरीङमा आएको बाढीको खतरा रहेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार पानीको बहाव बढेको खण्डमा डाँगीबारी बजार ,स्कुलसहित धेरै घरपरिवारलाई असर पुग्न सक्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्