झापा, साउन ७ । करिब चार महिनापछि आजदेखि लकडाउन अन्त्य भएको छ । चार महिनासम्म व्यापार व्यवसाय प्रायः ठप्प रह्यो । खाद्यान्न, औषधि र अन्य केही व्यापार भए पनि ०७६ चैत ११ अघिको जस्तो अवस्य नै रहेन, भएन ।

कति नेपाली विदेशबाट चाहेर पनि घर आउन पाएनन् । अहिले पनि पाइरहेका छैनन् । भारतमा लकडाउन खकुलो भएपछि धेरै नेपाली स्थलमार्गबाट घर फर्किए। घर फर्किएका कतिपय होल्डिङ सेन्टरमा छन् , कतिपय कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका । कतिपय निको भएर घर फर्किएकाहरु रोजगारी गुमेको र पढाई बिग्रेकोले चिन्तामा छन् । तर, पूर्वीनाका काँकडभिट्टाका केशव डालमियाले लकडाउन खुलेकै दिन बुधबार मेचीनगर नगरपालिका – ७ इँट्टाभट्टामा लाखौंको व्यापार थालेर सकारात्मक सुरुवात गरेका छन् । केशव दिल्लीमा बी.कम. पढ्दै थिए । उनी लकडाउनको मुखैमा घर आएका हुन् । उनको पढाई अधुरै छ । भारतमा कोरोना संक्रमण फैलदो छ । उनी फिर्ने र पढाइलाई निरन्तरता दिने कुनै ग्यारेन्टी छैन । कोरोना कहरलाई उनले स्वदेशमा नै व्यवसाय गर्ने अवसरका रुपमा लिएर व्यापार थालेको बताए । भने,“ यो हाम्रो परिवारको नौलो प्रकृतिको व्यापार हो ।” उनी व्यापारिक घरानामा जन्मे हुर्के पनि व्यापारको खासै अनुभव छैन । उनले पसलको नाम पनि गज्जबको जुराएका छन् – मेरो हार्डवेयर । उनले सिमेन्ट, रड, इँट्टा,प्लाउड एकै ठाउँबाट बेच्ने योजना बनाएका छन् । हार्डवेयरका सबै सामान उनको पसलमा पाइन्छ । घर निर्माणमा प्रयोग हुने सबै सामान किन्न धेरै ठाउँ जानु पर्ने बाध्यता अन्त्य गर्नु व्यापारको मुख्य उद्देश्य भएको केशवको भनाइ छ । “ अहिले भारत जाने अवस्था छैन,घरमा त्यसै बसेर पनि के गर्नु” उनले भने,“ नाम चलेका बजार काँकडभिट्टा , धुलाबारीमा पसल खोल्नु भन्दा इँट्टाभट्टाबाट सबै सामान दिन सकियो भने राम्रो हुन्छ भन्ने ठानेर पसल खोलेको हुँ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्