झापा , साउन ७ । झापामा आज एकजना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा शिवसताक्षी नगरपालिका वडा नं ६ का ३९ वर्षिय पुरुष रहेका छन् । उनी बहराइनबाट फर्केर झरना प्रावि क्वारेन्टाइनमा बसेका थिए । संक्रमितलाई कोभिड हस्पिटल गोठगाउँ पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । योेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३१९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्