झापा, साउन ७ । नेपालमा भइरहेको भारी वर्षाका कारण उत्तरी विहारमा बाढीको स्थिति थप बिकराल बनेको छ ।

बुधवार त्यहाँ आठ जनाको ज्यान गएको छ । पश्चिम चम्पारणमा चार जनाको मृत्यु भएको हो । दुईजनाको शव खोजी भइरहेको छ । त्यस्तै मुजफ्फरपुरको गाइघाटमा चार जनाको मृत्यु डुबेर भएको छ । अर्कोतर्फ दरभंगा, सीतामढी, शिवहर, पूर्वीं र पश्चिम चम्पारण जिल्लाको स्थिति बाढीबाट खराब भइरहेको छ । ठूलो संख्यामों विस्थापित परिवारहरु बाँधमा आश्रय लिएका छन् । मोतिहारीको बन्जरियामा तिलावे नदीको बाँध र सुगौलीमा रिङ बाँध भत्किँदा भागाभाग भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्