बिर्तामोड, साउन ८ । जनस्तरबाट नेपालमै पहिलोपटक संचालन गर्न लागिएको पिसिआर ल्याब कनकाई नगरपालिकाको कोटीहोमबाट नसर्ने भएको छ ।

जडान गरिन लागिएका मेशिन

अन्तिम तयारी पूरा भएर संचालनको अबस्थामा पुगेको सो ल्याब त्यहीँ स्थानमा संचालन हुने भएको हो । साउन १५ गतेभित्र उद्घाटन गर्नेगरी ल्याबको तयारी सक्ने काममा एकका लागि एक अभियान जुटेको छ । ‘यहाँबाट कुनै हालतमा ल्याब सर्दै सर्दैन’ एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भने,‘ सरकारले संचालनको अनुमति नदिए तालाबन्दी गरेर राख्छौ ।’ उनले सरकारले जहिले अनुमति दिन्छ त्यही बेला संचालन गर्ने बताए । अभियानले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई , सामाजिक विकास मन्त्री जीवन घिमिरेलगायतलाई बोलाएर उद्घाटन गर्ने योजना बनाएको थियो ।‘ शनिबारसम्म सबै काम सकेर ल्याब टेष्ट थाल्ने योजना छ ’ गिरीले भने,‘ मेशिन जडानलगायतका काम सबै सम्पन्न हुन लागिसक्यो ।’स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आतपकालिन तथा विपद व्यवस्थापन इकाईको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले कोटीहोममा बन्ने पिसिआर ल्यावलाई अनुमति दिन नसकिने बुधबार निर्णय गरेको छ । गत असार १० गते मेची अस्पतालमा पिसिआर ल्याव स्थापना गर्ने संघीय सरकारको निर्णय अनुसार उक्त अस्पतालमा मात्र ल्याव सञ्चालन गर्न संघीय मन्त्रालयले स्पष्ट पारेको छ । केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले मेची अस्पतालमा मात्र संचालन हुने गरी अनुमति दिन सकिने उल्लेख गर्दै त्यसबारे मेची अस्पताललाई लेखी पठाउन पत्र पठाएका छन् । पत्रमा कोटीहोमको ल्याब सहकारी संस्थाहरुले संचालन गर्न लागेको उल्लेख छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले अनुमतिका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदा त्यसको नकारात्मक जवाफ आएको हो ।

स्वास्थ्य मन्त्रालयको पत्र

सरकारको त्यो निर्णय उचित नभएको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बताए । उनले कोटीहोमबाट ल्याब सार्न नसकिने बताउँदै बरु कोभिड अस्पताल मेची भद्रपुरको मातहतमा रहनेगरी संचालन र व्यवस्थापनको जिम्मेवारी दिन सकिने धारणा राखे । त्यसबारे जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलसहित जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संघसंस्थासंग आज छलफल डाकिएको छ ।

१ प्रतिक्रिया

  1. कोटीहोम अर्थात कन्काई माईको किनारमा कोरोना ल्याव राख्ने कामका विषय जुन छलफल र वादविवाद श्रृजना भएको छ ।त्यो दुःखद हो ।हरेक ठाउको आफ्नो पहिचान हुन्छ। आफ्नो महत्व हुन्छ। कन्काईमाई एउटा धार्मीक स्थल हो ।धर्मलाई प्रवर्धन गर्ने काम जस्तोः मठ मन्दिर को निर्माण/ वेदाश्रमको निर्माण/ सुविधा सम्पन्न घाटको निर्माण/लगायतका धार्मीक पर्यटन संग सम्वन्धित कामहरु गर्नलाई जति उचित र तर्क संगत मान्न सकिन्छ त्यति कोरोना ल्यावको स्थापन गर्ने विषय युक्ति संगत छैन। यसरी राज्यवाट उक्त ठाउलाई उचित नठान्नुलाई जायज नै छ की भनि त्यस तर्फ नसोची अन्यत्र ल्याव नसार्ने वरु चावी लगाउने भन्ने तर्क गिरीले राख्नु भएको भए त्यो हामी सवैले पत्याएका ब्यक्तिका लागी सुहाउदो कुरा हो जस्तो लाग्दैन।ल्याव झापालीका लागी राम वाण पनि होइन/ आवश्यक हो अपरिहार्य होईन।राज्यले उचित निर्णय गरोस ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्