झापा ,साउन ८ । झापामा एकजना कोरोना संक्रमित थपिएका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं ३ का २४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी भारतको मुम्बईबाट फर्केका हुन् । उनी शनिश्चरे मावि क्वारेन्टाइनमा बसेका थिए । ती संक्रमितलाई कोभिड हस्पिटल गोठगाउँ पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या ३२० पुगेको छ । त्यसमध्ये २९९ जना निको भएर घर फर्किएका छन् । आज एक जना डिस्चार्ज भएको चौलागाईले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्