बिर्तामोड ,साउन १० । विभिन्न पार्टी परित्याग गरी ५२ जना नेताकार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

३८ औ बीपी स्मृति दिवसको अवसर पारेर बिर्तामोड नगरपालिका वडा नं १० मा शनिबार आयोजित कार्यक्रममा उनीहरु काँग्रेसमा प्रबेश गरेका हुन् ।
नेपाली काँग्रेस झापाका सभापति उद्धब थापा , महासमिति सदस्य देउमान थेबेलगायतका नेताले नवप्रबेशीहरुलाई साधारण सदस्यता वितरण गर्दै खादा र अबिरले स्वागत गरेका थिए । पार्टी प्रबेश गर्नेहरुमा अधिकांश राप्रपा , नेकपा र लिम्बुवानका नेता कार्यकर्ता हुन् । नवप्रबेशीहरुले आफूहरुले आस्था गरेको पार्टीले जनताको नेतृत्व गर्न नसकेकाले त्यस पार्टीबाट भरोसा उठेको र अब नेपाली काँग्रेसमाथि बिश्वास बढेकाले काँग्रेसमा प्रबेश गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अहिलेको सरकार कोरोना महामारीको बेलामा पनि देशको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको र जनताको जीवनस्तर सुधार गर्न कदम नचालेको आरोप लगाए । भ्रष्टाचार दन्डहीनता , जस्ता कार्यहरु यो सरकारको पालामा बढेर गएको उनले दावी गरे । उनले बीपी कोइरालाको पालादेखि नै काँगे्रस समाबेसी रहेको, आदिबासी जनजातिको निम्ति आइएलओ १६९ गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा बनेको कुरालाई सम्झदै आदिबासी जनजातिहरुलाई सम्मान गर्ने पार्टी काँग्रेस नै भएको बताए । कार्यक्रममा बोल्दै नेता थेबेले नेपाली काँगे्रसको बिचार र सिद्धान्तलाई अंगालेर प्रबेश गरेका नेताकार्यकर्तालाई काँग्रेसले सधै सम्मान गर्ने र अवसरहरुलाई समान रुपमा वितरण गर्ने, नयाँ पुरानो भनी भेदभाब नगरिने बताए । नेपाली काँग्रेसमा आबद्ध सबैलाई आफ्नो र समाजका समस्यामा हातेमालो गरेर अघि बढ्न सुझाब दिँदै आफू सधै सहकार्य गरेर अघि बढ्ने बताए । वडा सभापति मदन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य जलकुमार गुरुङ, झापा क्षेत्र ३ प्रदेश क सभापति नविन बिमली , बिर्तामोड नगर सभापति भोजराज सिटौलाले पनि बोलेका थिए । कार्यक्रममा नेबि संघका पूर्व केन्द्रिय सदस्य सन्तोस उप्रेती , वडा सदस्य दिपिका सिवालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य लोकबहादुर पौडेलले गरेका थिए भने कार्यक्रममाथिको प्रकाश क्षेत्रीय सदस्य पहलमान श्रेष्ठले पारेका थिए । कार्यक्रमको संचालन रुद्रप्रसाद खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्