दमक, साउन १० । झापाको दमक ६ स्थित उद्यम विकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औ स्थापना दिवसको अवसर पारेर शनिबार दमकमा रक्तदानसहित उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखास्थित रक्तसञ्चार सेवा केन्द्र परिसरमा आयोजना गरिएको रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संयोजक श्रेष्ठसहित ,नेपाल यातायात मजदुर संघ प्रदेश नम्बर १का सदस्य डारविन संगौला,नेपाल यातायात मजदुर संघ झापा जिल्ला सचिव गौतमकुमार लामा ,हलुका सवारी चालक दमकका उपाध्यक्ष भिम लिम्बु ,जीवन चक्र समाज नेपालका सचिव बेनुराज प्रसाईंलगायतका शेयर सदस्य,सञ्चालक तथा कर्मचारीहरुले रक्तदान गरेका थिए । रेडक्रसका उपशाखा सभापति प्रकाश बुढाथोकीको प्रमुख आतिथ्य तथा संस्थाकी अध्यक्ष चन्द्रा खड्का भट्टराईको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा गएको वर्ष उत्कृष्ट कारोवार गर्ने १४ जनालाई सम्मान गर्नुका साथै वाल बचत गर्ने १४३ जनालाई शैक्षिक सामग्री वितरण गरिएको व्यवस्थापक उत्तम राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्