बिर्तामोड ,साउन १२ । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षण गर्न स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

झापामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो । जसको नेतृत्व ‘एकका लागि एक’ अभियानले गरिरहेको छ । अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको रु २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे । यसअघि झापामा सञ्चालित सहकारीहरुले समेत ल्याब स्थापनाका लागि २५ लाख रुपैयाँ अभियानलाई प्रदान गरेका थिए । अभियानबाट झण्डै रु डेढ करोड संकलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको छ । स्थापनापछि सो ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्