बुधबारे ,साउन १४ । हडिया खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

आज विहान १० बजे बुद्धशान्ति गाउँपालिका ३ पिपलबोटे बस्ती बस्ने महेश राईका ३ वर्ष ५ महिनाका छोरा मौसम राईको हडिया खोलाले बगाउँदा मृत्यु भएको हो । घर बाहिर खेल्ने क्रममा घर नजिकै रहेको हडिया खोलाले अचानक बगाएको अवस्थामा स्थानीयले देखेर तत्काल उद्धार गरी उपचारको लागि स्थानीय लिभिङ होप पोलिक्लिनिक बुधबारे पुर्याएका थिए । उपचारका क्रममा ती बालकको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट गएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्