भद्रपुर, साउन १४ । अब मास्क नलगाउनेलाई एकसय रुपैयाँ जरिवाना गरिने भएको छ ।

जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन समिति झापाको आज बसेको बैठकले भोलिदेखि लागू हुनेगरी सो निर्णय गरेको हो । अवोप्रान्त मास्क नलगाई एक स्थानबाट अर्को स्थानसम्म हिँडडुल गर्ने, मास्क नलगाई भेलामा जम्मा हुने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० को दफा – ३ बमोजिम एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । जरिवाना रकम राजश्वमा दाखिला गरिने भएको छ । मास्क लगाए– नलगाएको हेर्न अनुगमनमा खटिने प्रहरीले जरिवाना असुली रसिद दिने प्रजिअ रानामगरले बताए । त्यसको कार्यान्वयनका लागि प्रचारप्रसार र माइकिङ गरिने बताउँदै उनले त्यसपछि टीम बनाएर प्रहरी परिचालन गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्