शिवगञ्ज , साउन १६ । झापाको शिवसताक्षी नगरपालिका ६ का तीनजना महिला स्वयंसेविकालाई झोला र छाता उपलब्ध गराइएको छ ।

ती सामग्री उपलब्ध गराइएकाहरुमा गायत्रा मैनाली, कमला गुरागाईं र देवी चौहान ताजपुरिया छन् । वर्षाको समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यले महिला स्वयंसेविकालाई ती सामग्री उपलब्ध गराइएको वडाध्यक्ष मनोज कार्की खुलालले बताए । यसअघि उनीहरूलाई साइकल उपलब्ध गराइएको थियो । परिवार नियोजन, विभिन्न प्रकारका खोप तथा वडा र नगरपालिकाले सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन उनीहरूको महत्वपूर्ण भूमिका रहन्छ ।ती सबै काम पूरा गर्न र सहजरूपमा कार्यसम्पादन गर्न सहज बनाउने ध्येयले आवश्यक सामग्री वितरणलाई निरन्तरता दिएको वडाध्यक्ष खुलालको भनाइ छ । सामग्री हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु लक्ष्मीप्रसाद गुरागाईं, बद्रीनाथ खनाल, उषा केसी , नरमाया परियारलगायतको सहभागिता थियोे । यसअघि सो वडा कार्यालयले सात दलित परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । व्यावसायिक, स्वावलम्बी र आत्मनिर्भर बनाउन वार्षिक कार्यक्रमअन्तरगत मेसिन हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्