झापा, साउन १६ । बिरगञ्जमा बिहीबार थप दुई जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उपचारका क्रममा रहेका विरगञ्ज १६ का ३५ वर्षे युवाको गण्डक अस्पतालमा राति करिव ८ बजे मृत्यु भएको हो । झण्डै एक सातादेखि ज्वरो आएको र पछिल्लो समय स्वासप्रस्वासमा समस्या भएपछि उनी उपचारका लागि गण्डक अस्पताल पुगेको बताइएको छ ।

अर्का मृतक पर्सा छपकैयाका ६५ वर्षे पुरुष हुन् । उनको भने घरमै मृत्यु भएको थियो । मृत्युपछि संकलन गरेको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको थियो । थप दुई जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ जना पुगेको छ । साउन महिना लागेपछि बिरगञ्जमा ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्